काठमाडौँ । निर्माता छविराज ओझा र उनकी धर्मपत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । जेठी श्रीमती हेमा ओझाले श्रीमान् छविराज र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् ।
काठमाडौँ । निर्माता छविराज ओझा र उनकी धर्मपत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।
बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा परेको उजुरीका आधारमा उनिहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको हो ।
ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । दुई सन्तान (राजिव र महेश) की आमा रहेकी उनले अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाह सम्बन्धी जाहेरी दिएकी थिइन् ।