होलीको अवसर पारेर अभिनेत्री केकी अधिकारीले वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ ।
काठमाडौं । होलीको अवसर पारेर अभिनेत्री केकी अधिकारीले वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक लुक्समा केकी बोक्सी गेटअपमा देखिएकी छिन् । सार्वजनिक टिजर र गीतमा नदेखाइएको लुक्स होलीको अवसर पारेर सार्वजनिक गरिएको केकीले बताइन् । टिजर र गीतमा सस्पेन्स राखिएको ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको हो । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले सिनेमा निर्माण गरेका हुन् ।
केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ ।