काठमाडौं । निर्माता सन्तोष सेन ‘हुतुतु’नामको एक कमेडी चलचित्र लिएर आउने भएका छन् । चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन् ।
काठमाडौं । निर्माता सन्तोष सेन ‘हुतुतु’नामको एक कमेडी चलचित्र लिएर आउने भएका छन् । चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन् । अर्को वर्षबाट छायांकन सुरु हुने चलचित्रमा नाम चलेका कलाकारहरु हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेन पक्कापक्की भएका छन् ।
‘हुतुतु’को कथा सन्तोष सेनको हो भने पटकथा छेतन गुरुङ र अभिमन्यू निरवीको रहेको छ । चलचित्रको बारेमा जानकारी दिँदै सन्तोष सेनले भने, ‘अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । चलचित्रका लागि पुरुष कलाकार छनौट भइसके पनि महिला कलाकार चाँडै छनौट गर्नेछौं । चलचित्र पूर्ण कमेडी कथामा बन्नेछ ।’
पहिलो पटक प्रदीप खडका र पल शाहलाई एउटै चलचित्रमा हेर्ने दर्शकको चाहना पनि पूरा हुने भएको छ । कलाकार हरिवंश आचार्यले धेरैपछि बाहिरी ब्यानरको चलचित्रमा काम गर्न लागेका हुन् । त्यस्तै, दुई पुस्ताको समिश्रणले चलचित्र कस्तो बन्ने हो भन्ने चासो पनि सुरु भएको छ ।निर्माता सेनले कोरोना कहरको कारण चलचित्र ‘प्रेम गित ३’ प्रदर्शनमा नआउदै अर्को चलचित्र निर्माणको तयारी गरेका हुन् ।