सुर्खेत । टिपरको ठक्करबाट एक युवककोे मृत्यु भएपछि तनावपूर्ण रहेको वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशमा मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि आवतजावत, भेला हुन र अन्य कुनै पनि काम गर्न नपाउने भनिएको छ ।

आदेश अनुसार पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू लगाइने भएको छ।
मंगलबार बिहान टिपरको ठक्करबाट २० वर्षीय केशर सिंहको हत्या भएको थियो । दुर्घटनाबाट सिंहको मृत्यु भएपछि आक्रोशित स्थानीयले शव उठाउन दिएका थिएनन् । तर, प्रहरीले शव उठाएपछि आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको कर्णाली प्रदेशका डीआईजी पुर्णचन्द्र जोशीले जानकारी दिए । चालक र टिपर अहिले प्रहरी नियन्त्रणमा छन् ।