एजेन्सी । भारतको हरियाणामा पाँच वर्षीया एक बालिकाको बलात्कारपछि हत्या गर्ने एक युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको छ । बलात्कारपछि बालिकाको हत्या गरेर शवलाई कोठामा आँटाको डिब्बाभित्र लुकाएका ती युवकलाई फाँसीको सजाय सुनाइएको हो । अदालतले दोषी युवककी आमालाई पनि सात वर्षको जेल सजाय सुनाएको छ । आमालाई बालिकाको शब लुकाउन सहयोग गरेको आरोपमा सजाय सुनाएको हो । यो फैसला न्यायाधीश करुणा शर्माको इजालसले सोमबार सुनाएको हो ।
एजेन्सी । भारतको हरियाणामा पाँच वर्षीया एक बालिकाको बलात्कारपछि हत्या गर्ने एक युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको छ । बलात्कारपछि बालिकाको हत्या गरेर शवलाई कोठामा आँटाको डिब्बाभित्र लुकाएका ती युवकलाई फाँसीको सजाय सुनाइएको हो ।
अदालतले दोषी युवककी आमालाई पनि सात वर्षको जेल सजाय सुनाएको छ । आमालाई बालिकाको शब लुकाउन सहयोग गरेको आरोपमा सजाय सुनाएको हो । यो फैसला न्यायाधीश करुणा शर्माको इजालसले सोमबार सुनाएको हो ।
२७ वर्षे विवाहित युवक भोलाले गत ३१ मे २०१८ मा यस्तो अपराध गरेको त्यहाँको प्रहरीले जनाएको छ । हरियाणाको पलवल गदपुरी थानाले ती युवकले बालिकामाथि बलात्कार पछि चक्कुले हानेर हत्या गरेको जनाएको छ । यो घटनाको विषयमा गाउँमा राखिएको सिसिटिभी फुटेजले घटनालाई प्रमाणित गर्न थप सहयोग पुगेको बताइएको छ ।