भैरहवा । दुइ ट्रक एक–आपसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन्।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका ४ का अन्दाजी ३५ वर्षीय लालु कुर्मी र भविकन कुर्मी रहेको प्रहरीले जनाएको छ । अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छेन ।
घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ। घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये ट्रक चालक तनहुँका विरेन्द्र गुरुङ, पाल्हीनन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजनको भीम अस्पतालमा उपचार भइरहेको छ । यसैगरी भैरहवा मेडिकल कलेजमा नवलपरासी पाल्हीनन्दन ४ का २७ वर्षीय विनोद धवल, ४० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।