काठमाडौं । नेकपाका नेता अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन्। मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट सभामुखका लागि मनोनयन दर्ता नपरेपछि उनी निर्विरोध भएका हुन । यद्यपी यसको औपचारिक घोषणा भने माघ १२ गते आइतबार मात्रै हुनेछ ।
काठमाडौं । नेकपाका नेता अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन्। मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट सभामुखका लागि मनोनयन दर्ता नपरेपछि उनी निर्विरोध भएका हुन ।
यद्यपी यसको औपचारिक घोषणा भने माघ १२ गते आइतबार मात्रै हुनेछ । सो दिन बस्ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा गरिनेछ । त्यसपछि उनले प्रतिनिधि सभाको अध्यक्षता गर्ने छन्।
संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यक्रम सार्वजनिक गरे अनुसार नेकपाबाट नेता अग्निप्रसाद सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर मध्यान्ह मनोनयन दर्ता गराएका थिए ।
बलात्कार प्रयासको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ । सभामुख चयनमा नेकपाभित्रको आन्तरिक भागबन्डाको विवादका कारण झन्डै चार महिनापछि मात्र संसद्ले सभामुख पाएको हो ।