एजेन्सी । सबैभन्दा अग्लो स्थानमा पुग्ने इलेक्ट्रिक भेइकल हुन्डाई कोनाले गिनिज वल्र्ड रेकर्ड दर्ता गरेको छ । तिब्बतको ५ हजार ७ सय ३१ मिटर अग्लो साउला पास पुगेर कोनाले सो रेकर्ड कायम गरेको हो । कोना ईभीले गिनिज बुकको क्याटागोरीमा सो उपाधि प्राप्त गरेको हो । यससँगै कोनाले सबै मौसममा र सबै स्थानमा पुग्न सक्ने इलेक्ट्रिक भेइकलको रुपमा पहिचान कायम गरेको छ । यात्राको समयमा कोनालाई स्ट्यान्डर्ड पोर्टेबल चार्जरको सहयोगले चार्ज गरिएको थियो । हुन्डाई मोटर इन्डियाका सीईओ एसएस किमले पर्फमेन्समा कुनै सम्झौता नगरी विश्वकै कठिन सडकमा समेत पुग्न सफल कारको पहिचान कायम गरेको बताएका छन् ।
एजेन्सी । सबैभन्दा अग्लो स्थानमा पुग्ने इलेक्ट्रिक भेइकल हुन्डाई कोनाले गिनिज वल्र्ड रेकर्ड दर्ता गरेको छ । तिब्बतको ५ हजार ७ सय ३१ मिटर अग्लो साउला पास पुगेर कोनाले सो रेकर्ड कायम गरेको हो ।
कोना ईभीले गिनिज बुकको क्याटागोरीमा सो उपाधि प्राप्त गरेको हो । यससँगै कोनाले सबै मौसममा र सबै स्थानमा पुग्न सक्ने इलेक्ट्रिक भेइकलको रुपमा पहिचान कायम गरेको छ । यात्राको समयमा कोनालाई स्ट्यान्डर्ड पोर्टेबल चार्जरको सहयोगले चार्ज गरिएको थियो । हुन्डाई मोटर इन्डियाका सीईओ एसएस किमले पर्फमेन्समा कुनै सम्झौता नगरी विश्वकै कठिन सडकमा समेत पुग्न सफल कारको पहिचान कायम गरेको बताएका छन् ।
कोना ईभी हुन्डाईको पहिलो पूर्ण इलेक्ट्रिक सब–कम्प्याक्ट एसयूभी हो, जसमा क्लोज्ड ग्रिल र अद्भुत वाहिरी डिजाइन छ । यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहज रुपमा सिफ्ट बाई वायर मोडलले गाडी चलाउन सहयोग गर्छ । कोना ईभीले १३५ पीएसको पावर दिन्छ र यसका कारण एसयूभीको दरिलोपनको साथ इलेक्ट्रिक पावरट्रेनको पावर प्रदान गर्छ । यसमा ३९.२ किलोवाट आवरको पोलिमर ब्याट्री प्याक छ, जसलाई सिंगल चार्ज गर्दा ३ सय किलोमिटर भन्दा बढी दुरी सम्म ड्राइभ गर्न सकिन्छ । यसमा टप बटम एलईडी डीआरएल, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलईडी रियर ल्याम्प्स, अटोहोल्डको साथ इलेक्ट्रिक पार्किङ ब्रेक (ईपीबी), प्याडल सिफ्टर, तातो र हावा जाने अगाडिको सिटहरु, वायरलेस चार्जर, ६ एयरब्याग, हिल असिष्ट कन्ट्रोल आदि विशेषताहरु छन् ।
नेपाली बजारमा समेत हुन्डाई कोनाको राम्रो बजार रहेको छ । नेपालका लागि हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना ईभी लन्च गरेको छ । नेपाली बजारमा कोना ईभी ३ वर्षको वारेन्टी र ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध छ । नेपाली बजारमा ३९.२ र ६४ किलोवाट आवर क्षमताका कोना इलेक्ट्रिक गाडी उपलब्ध छन् । यिनको मूल्य क्रमशः ५५ लाख ९६ हजार र ६५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।