विजेताले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छन ।
काठमाडौं । सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिस ब्युटी क्वीन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छन । विजेताले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छन । यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता आचार्य पौडेल बिजेता बनेका छन । उनीहरु दुवैले बाली भ्रमणको टिकट विभिन्न उपहार प्राप्त गरेका छन ।
‘थर्ड रनर अप’मा रञ्जना निरौला, र ‘फोर्थ रनर अप’मा देवकला पुनः छनोट भएका छन । यस्तै ‘टाइटल अवार्ड’ हातपार्नेमा देवकला पुन, सिर्जना गौतम, सिर्जना पनेरु, सरिता कर्ण वियारी, अमिता अमात्य, दिपा ढुङ्गाना, सुहाना अर्याल, सन्तोषी शाही, उर्मिला खत्री, समीसा गिरी, सिताअर्चना पौडेल, सुम्निमा चौधरी, देवकला पुन, सविता शर्मा, रञ्जना निरौला, रस्मिला शाही, सविता शर्मा र रिता कार्की रहेका छन ।