काठमाडौं । गएरातीदेखि काठमाडौं लगायत देशका धेरैजसो स्थानमा लगातार बर्षा भइरहेको छ । पश्चिमी न्युन चापीय प्रणालीका कारण आज देशैभरी बदली र वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिनभरि देशैभर मौसम बदली भए पनि भोलिदेखि भने विस्तारै सुधार हुनेछ ।

महाशाखाका अनुसार,आज शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशका केही स्थानहरुमा हल्का वर्षा हुने जनाइएको छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाइएको छ ।
भोलि शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने महाशाखाको भनाइ छ ।