आफैले चलाएको कार दुर्घटनामा परि गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए । उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो ।
काठमाडौं । आफैले चलाएको कार दुर्घटनामा परि गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए । उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा सख्त घाइते उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको हो । गायक भट्टराई दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।
लोकप्रिय गीत फिल्म माइतीघरको ‘हेर धर्ती ढगमगायो.....’ मा उनकाे स्वर छ । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले अडिशनमा गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो । उनी गायिका लाेचन भट्टराइका भाइ हुन् ।