खानले भाइ सोहेल खानको घरमा जन्मदिन मनाएका हुन् ।
काठमाडौं । बलिउड नायक सलमान खानले आफ्नो ५४ औँ जन्मदिन मनाएका छन । खानले भाइ सोहेल खानको घरमा जन्मदिन मनाएका हुन् । उनको जन्मदिन विशेष कार्यक्रममा शाहरुख खान, कट्रिना कैफ, सोनाक्षी सिन्हा आदी बलिउडका कलाकारहरुको उपस्थिति थियो ।
जन्मदिनको अवसरमा उनलाई उनका फ्यान, आफन्त र बलिउडकर्मीले शुभकामना दिइरहेका छन् । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका उनी अहिलेसम्म बलिउडका सबैभन्दा सफल नायकको रूपमा चिनिन्छन् । पछिल्लो दशकमा मात्र सलमान अभिनित १६ चलचित्रमध्ये १५ चलचित्र सय करोड क्लबमा प्रवेश गरेका छन् । यति बेला उनी अभिनित चलचित्र ‘दबंग ३’ प्रदर्शन भइरहेको छ ।