बुधबार उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।
काठमाडौं । बुधबार उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । मौसम प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
महाशाखाले जारी गरेको बिशेष बुलेटिनका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । काठमाडाैंमा पनि घाम लागेकेा छैन ।
अगामी तीन दिनकाे माैसम पूर्पानुमान अनुसार, मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ। राति भने सामान्यतया माैसम सफा रहने छ ।