आज राजधानीबाट प्रकाशित सबै पत्रपत्रिका हिजो सम्पन्न भएको लगानी सम्मेलनको समाचारले भरिएका छन् । काठमाडौमा दुइ दिन देखि जारी लगानी सम्मेलन हिजो सकिएको छ । १५ परियोजनामा लगानी समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ ।
आज राजधानीबाट प्रकाशित सबै पत्रपत्रिका हिजो सम्पन्न भएको लगानी सम्मेलनको समाचारले भरिएका छन् । काठमाडौमा दुइ दिन देखि जारी लगानी सम्मेलन हिजो सकिएको छ । १५ परियोजनामा लगानी समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ ।
यो समाचारलाइ आजको कान्तिपुर दैनिकले १७ खर्बको प्रस्ताव शिर्षकमा प्रकाशित गरेको छ भने नागरिक दैनिकले १७ परियोजनामा विदेशी इच्छुक शिर्षकमा छापेको छ । यो समाचारलाइ आजको काराबार दैनिकले १५ परियोजनमा स्म्झौता १७ वटामा लगानी प्रस्ताव शिर्षकमा पहिलो पृष्ठमा प्रकाशित गरेको छ। त्यस्तै अन्नपूर्ण पोस्ट्ले पनि १५ आयोजनामा समझदारी शिर्षकमा समाचार प्रकाशित गरेको छ । अन्नपुर्णमा नै छिमेकी फकाउँदै चीन शिर्षकमा समाचार छ । समाचरा अनुसार, बेल्ट एन्ड रोड इनिसिएटिभमा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ । विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारणा अघि सारेको अवस्थामा चीन छिमेकीका साथ खोजेर ‘एसिया युग’ निर्माणको लागेको जनाइएको छ।
आजको नागरिकको अर्काे प्राथममिकतामा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको पछुवा गाडीले सर्वसाधारणको स्कुटरलाइ ठक्कर दिएकोबारे समाचार छ । समाचार अनुसार, ,पूर्वप्रधानमन्त्री चन्दले आफ्नो सुरक्षामा खटिएको पछुवा गाडीले ठक्कर दिएका स्कुटर चालक सन्तोष कुँवर र उनकी पत्नीलाई लोकन्थलीस्थित निवासमा बोलाएर घटनाप्रति दुःख व्यक्त गरेका छन् । समाचारमा चार फरक फरक तस्वीर पनि छ जसमा पूर्वप्रधानमन्त्री चन्दको पछुवा गाडी गलत दिशा आएर स्कुटरलाइ ठक्कर दिएको देखिन्छ ।
कान्तिपुरले पहिलो पृष्ठमा अर्काे समाचार छापेको छ । तारागाउँ रिजेन्सीमा नक्कली कारोबार शीर्षकको समाचार कान्तिपुरले पहिलो पृष्ठमा प्रकाशन गरेको छ । समाचारमा जनाइए अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा अस्वाभाविक देखिएका केही कारोबारमा सहायक कम्पनीहरुले नक्कली भ्याट बिलको प्रयोग गरेको भेटिएको हो । तीमध्ये केही कम्पनीको कारोबारबारे राजश्व अनुसन्धान विभागले छानविन गरिरहेको छ ।