काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तेस्रो दिनको केन्द्रीय कार्यसमितिको बैठक पनि बहिस्कार गरेको छ । पार्टीको १४ औँ महाधिवेशनको कार्ययोजना नल्याएको, सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तेस्रो दिनको केन्द्रीय कार्यसमितिको बैठक पनि बहिस्कार गरेको छ । संस्थापन पक्षसँगको वार्तापछि नेताहरुबीच भएको छलफलले आजको बैठकमा पनि नजाने निर्णय गरेको हो ।
केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको पौडेल पक्षले सोमबार दिउँसो गुटको बैठक डाकेको छ । पौडेल पक्षको बैठक तीन बजेका लागि बोलाएको छ ।
सोमबार बिहान पनि दुई पक्षको वार्ता समितिबीच कुराकानी भएको थियो तर कुराकानी टुंगोमा नपुगेको पौडेल समूहका एक नेताले बताए । उनले भने,‘सहमतिका लागि प्रयास जारी राख्छौँ तर एउटा निर्णयमा नपुगेसम्म केन्द्रीय समितिको बैठकमा सहभागी हुदैनौँ ।’
पार्टीको १४ औँ महाधिवेशनको कार्ययोजना नल्याएको, सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।