काठमाडौं । नारायणी अस्पतालमा कार्यरत डाक्टर सचितानन्द यादवलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज निवासी डा. यादवलाई प्रहरीले श्रीमती कुटेको आरोपमा पक्राउ गरेको हो ।

डा. यादवको कुटाइबाट गम्भीर भएकी उनकी श्रीमती सुनिता यादवको उपचारको क्रममा शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा मृत्यु भएको थियो । कुटपिटबाट गम्भीर भएकी सुनिताको उपचार वीरगञ्जको गण्डक अस्पतालमा संभव नभएकाले थप उपचारको लागि काठमाडौं ल्याइएको थियो ।