आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । कांग्रेस बैठकमा रामचन्द्र पौडेल पक्षको बहिस्कार सबै पत्रिकामा समेटिएको छ भने रोह्ंिगाको नेपालमा चहलपहल बढेको खबरले पनि प्राथमिकता पाएका छन् ।
आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । कांग्रेस बैठकमा रामचन्द्र पौडेल पक्षको बहिस्कार सबै पत्रिकामा समेटिएको छ भने रोह्ंिगाको नेपालमा चहलपहल बढेको खबरले पनि प्राथमिकता पाएका छन् ।
नागरिक दैनिकले कांग्रेसमा विवाद तीव्र असन्तुष्टद्धारा बैठक बहिस्कार शिर्षकमा मुख्य समाचार छ । समाचार अनुसार नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा गएनन् । पौडेलसहित महामन्त्री सशांक कोइराला तथा पूर्व महामन्त्री कृष्ण सिटौला पनि बैठकमा उपस्थित भएनन् ।
कान्तिपुरले ‘खप्तडमा गडबड’ शीर्षक दिएर पछिल्ला १२ वर्षमा यो क्षेत्रमा छुट्याइएको बजेट र यहाँको पूर्वाधार निर्माणको अवस्थाबारे खोजमूलक सामग्री छापेको छ । समाचार अनुसार मनोहर छटा र सांस्कृति वैभव खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १२ वर्षमा ५२ करोड रुपैयाँ खर्च भइसके पनि त्यहाँ गोरेटो बाटोसम्म बनेन।
नेपाल समाचार पत्रले रोहिंग्या शरणार्थीले नेपालमा २३ टहरा बनाइसकेको खबर छापेको छ ।
हेर्नुस् मुख्य मुख्य पत्रिकाकाे फ्रन्टपेजः