काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि नेपालले उचालेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २-१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

नेपालको जितमा नेपालका खेलाडी अभिषेक रिजाल र सुनिल बलले एक/एक गोल गरेका थिए । खेलको पहिलो हाफको १५ औँ मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ५३ औँ मिनेटमा सुनिल बलले एक गोल गरेका थिए ।
खेलमा भुटानका चेन्चो ग्ल्याजेनले एक गोल फर्काएका थिए । पहिलो हाफको ३६ औँ मिनेटमा चेन्चोले भुटानका लागि नेपालविरुद्ध गोल गरेका हुन् ।
पुरुष फुटबलको उपाधि जितेसँगै नेपाल पुरुष फुटबलमा चौथो पटक साग च्याम्पियन बनेको छ । यससँगै १३ औँ सागमा नेपालले जितेको स्वर्णको संख्या ५१ वटा पुगेको छ ।