काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कास्य जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कास्य जितेको हो । खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कास्य जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कास्य जितेको हो ।
खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका आरिफ शेखले सर्वाधिक ३२ रनको बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । यस्तै रोहित पौडेल १५ र पवन सर्राफ १० रनमा अविजित रहँदा बिनोद भण्डारीले १२ रनको योगदान गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडेका थिए ।
नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिएका थिए ।