काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्ष बनेपछि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा दोस्रो बैठक बस्न लागेको हो । सचिवालय बैठक अघि बैठकका एजेण्डाबारे आइतबार बिहान अध्यक्ष दाहालले पार्टीका नेताहरूसँग छलफल गरेका थिए । प्रचण्डनिवास खुमलटारमा उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेललगायतका नेतासँग छलफल गरेका हुन् ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्ष बनेपछि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा दोस्रो बैठक बस्न लागेको हो ।
सचिवालय बैठक अघि बैठकका एजेण्डाबारे आइतबार बिहान अध्यक्ष दाहालले पार्टीका नेताहरूसँग छलफल गरेका थिए । प्रचण्डनिवास खुमलटारमा उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेललगायतका नेतासँग छलफल गरेका हुन् ।
आज बस्ने नेकपा सचिवालय बैठकमा यही मङ्सिर १४ गते भएको उपनिर्वाचनको नतिजा बारे समिक्षात्मक छलफल हुने बताइएको छ । उपनिर्वाचनको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ । उपनिर्वाचनमा भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिकाको अप्रत्याशित हार नेकपाका लागि समीक्षाको विषय बनेको छ ।
बैठकले स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक डाक्नेबारे पनि निर्णय गर्ने बताइएको छ । त्यस्तै पार्टी विभागमा सदस्यहरू नियुक्त गरेर पूर्ण बनाउने विषय पनि आजको बैठकको एजेण्डामा रहेको बताइएको छ ।
सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने सहभागी हुने छैनन् । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले बैठकमा सहभागी नहुने नेकपा स्रोतले जनाएको छ ।