वालिङ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र वालिङ नगरपालिकाबीच बिहीबार ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालनका लागि सम्झौता भएको छ । वालिङमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ को रुपमा विकास गर्ने गरी मन्त्रालयका तर्फबाट सचिव दीर्घनारायण पौडेल र नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मन्त्रालयको आर्थिक सहयोग र नगरपालिकाको व्यवस्थापन एवं समन्वयमा रु ५७ लाखको लागतमा ‘हाइवे ट्रमाघुम्ती अस्पताल’ सञ्चालनमा आउने भएको हो । प्रदेश अन्तर्गतका मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न स्याङ्जा, तनहुँ र पर्वतका तीन अस्पताललाई ‘हाइवे ट्रमाघुम्ती अस्पताल’ का रुपमा विकसित गरिने भएको छ । सडक दुर्घटनाबाट हुने मृत्यु र अपाङ्गताको दरलाई न्यूनीकरण गर्ने, उद्धार समूह सञ्जाल तयार गर्ने, द्रुत सूचना एवं सञ्चारमार्फत उचित आकस्मिक उपचारको व्यवस्था गर्ने ‘हाइवे ट्रमाघुम्ती अस्पताल’ को उद्देश्य रहेको छ ।
वालिङमा उक्त अस्पताल सञ्चालनका लागि चाडैँनै पूर्वाधार निर्माण थालिने वालिङ नगर प्रमुख खाँणले बताए । सामाजिक विकास मन्त्रालयसँग भएको सम्झौता अनुसार आगामी एक–डेढ महीनाभित्र निर्माण कार्य सकेसँगै ट्रमाघुम्ती सञ्चालनमा आउने प्रमुख खाँणले बताए ।