काठमाडौं । नेपाल एपीएफ क्लवको आयोजनामा संचालित ‘१५ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को बुधबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् । बुधबारबार नै सम्पन्न भएको लनटेनिस प्रतियोगिताको ६५ वर्षमाथि भेन्ट्रान्स तर्फको फाईनल खेलमा दिपक श्रेष्ठले ज्ञानेन्द्र ताम्राकारलाई ४–० र ४–० ले पराजित गरी विजयी भएका छन् भने ५५ वर्षमाथि भेन्ट्रान्सतर्फको फाईनल खेलमा कृष्णराज घलेले कमल थापालाई ६–४ र ६–१ ले पराजित गरी विजयी भए ।

यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स पुरुष एकलतर्फको फाईनल खेलमा राजु श्रेष्ठ, ४५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको सेमिफाइनल खेलमा विमल गुरुङ्ग र चन्द्र साई विजयी भई फाईनलमा प्रवेश गरे । त्यस्तै बुधबार नै सम्पन्न भएको लनटेनिस पुरुष युगलतर्फका खेलमा इभानोई लिसानोवीक र निकको जोडी र कलम भण्डारी र प्रनव खनालको जोडी विजयी भई फाईनलमा प्रवेश गरे । त्यस्तै दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा सम्पन्न ४५ वर्षमाथि युगलतर्फको खेलमा हेमचन्द्र गुरुङ्ग र धर्म साईको जोडी सेमिफाईनलमा प्रवेश ग¥यो ।
त्स्तै ५५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको खेलमा ध्रुव गुरुङ्ग र मनोज राणा, कृष्णराज घले र सुवर्ण ढाक्वाको जोडी, कर्मा घले र करिमूल्ला मुस्लीम, दिपक श्रेष्ठ र अमृत कंंसाकारको जोडीले सेमिफाइनलमा प्रवेश ग¥यो । दिपक श्रेष्ठ र अमृत कंंसाकारको जोडीले कमल थापा र छम्वा ढुंडुपको जोडीलाई ४–६, ६–३ र १०–७ ले पराजित गरेको थियो । यस्तै व्याडमिन्टनमा पुरुष एकलतर्फ नेपाल एपीएफ क्लवका दिपेश धामी, त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जन, सिल्क ग्रुपका प्रिन्स दाहाल, र नेपाल पुलिस क्लवका जीवन आचार्यले सेमिफाइनल प्रवेश गरे ।
त्यस्तै व्याडमिन्टनतर्फ अन्डर सेभेन्टिन गल्र्स सिंगलमा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन, मोरङकी नीता लम्साल, मोरङकी सीमा राजबंशी, त्रिभुवन आर्मी क्लबकी रञ्जना भट्टले सेमीफाइनल प्रवेश गरे । त्यस्तै व्याडमिन्टनतर्फ अन्डर सेभेन्टिन ब्वाईज सिंगलमा सिल्क ग्रुपका प्रिन्स दाहाल, नेपाल एपीएफ क्लवका प्रियान्सुसिंह क्षेत्री, नेपाल एपीएफ क्लवका पेम्वा शेर्पा, त्रिभुवन आर्मी क्लवका दिवस शंकर सेमीफाइनल प्रवेश गरे ।
त्स्तै व्याडमिन्टनतर्फ मिक्स युगलमा नेपाल एपीएफ क्लवका दिपेश धामी र पुजा श्रेष्ठको जोडी, त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र अमिता गिरी, नेपाल एपीएफ क्लबका बिजित थापामगर र शोभा गौचनको जोडी, र नेपाल एपीएफ क्लबका गौतमसिंह कठायत र सुनैना मुखिया सोमीफाइनल प्रवेश गरे । त्यसैगरी पुरुष युगलतर्फ नेपाल एपीएफ क्लवका दिपेश धामी र विजित थापामगर, नेपाल पुलिस क्लवका दिपक बोहोरा र जीवन आचार्य, नेपाल एपीएफ क्लबका सुदिप सेढाई र साजनकृष्ण ताम्राकारको जोडी र त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र सुरोज महर्जनको जोडी सेमीफाइनल प्रवेश गरे ।
त्यस्तै महिला एकतर्फको खेलमा त्रिभुवन आर्मी क्लबकी अमिता गिरी र तथा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन सेमीफाइनलमा प्रवेश गरे । त्यस्तै बुधबार सम्पन्न सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले ढोरपाटन ट्रेनिङ्ग सेन्टरलाई २५–१, २५–१० र २५–२ को सोझो सेटमा तथा हंगवान्जि न्यु डाईमण्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–५ र २५–७ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जनाए ।