संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तराष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस(एपी) को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष सेवा पुर्याएका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गरेका थिए ।
काठमाडौँ । अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको शुक्रबार बिहान निधन भएको छ । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको शुक्रबार थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो ।
संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तराष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस(एपी) को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष सेवा पुर्याएका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गरेका थिए ।
आफ्नो पेशामा पूर्ण समर्पित गुरुवाचार्यको अनुभवबाट उनका समकालीन र पछिल्ला पुस्ताले पेशागत जिम्मेवारीका सम्बन्धमा धेरै ज्ञान हासिल गरेका थिए । उनको शनिबार अन्त्येष्टि हुने परिवार स्रोतले जनाएको छ । स्व गुरुवाचार्यका श्रीमती, छोरा पत्रकार विनाज र एक छोरी छन् ।