काठमाडौँ । आज नोभेम्बर १९ तारिख अर्थात अन्तराष्ट्रिय पुरुष दिवस, ‘मेकिङ् अ डिफ्रेन्स फर म्यान एण्ड ब्वाइज’ भन्ने नाराका साथ मनाइदै छ । पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइने गरिन्छ ।

अन्तराष्ट्रिय पुरुष दिवस ८० भन्दा बढी देशमा मनाइन्छ । युनेस्कोलेसमेत समर्थन गरेको यो दिवस विशेषगरी पुरुषको स्वास्थ्य र लैङ्गिक समानतालाई प्रोत्साहन दिनका लागि मनाइने गरिएको छ । पुरुष र केटाहरूको स्वास्थ्यको बारेमा चेतना जगाउने, लैङ्गिक समानतालाई बढावा दिने र उनीहरूले सामना गर्ने मुद्दाहरूमा केन्द्रित रहि यो दिनमा विशेष छलफल गरिन्छ ।
यो दिवस सर्वप्रथम सन् १९९९ मा मनाइएको थियो । जब त्रिनिदाद र टोबियागोका डाक्टर जेरोम तेलक्सिंगले आफ्नो बुबाको जन्मदिनलाई अन्तराष्ट्रिय पुरुष दिवसका रूपमा घोषणा गरे । नेपालमा पनि गत वर्ष अन्तराष्ट्रिय पुरुष दिवस मनाइएको थियो ।