नेपाल दोस्रो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा घरेलु टोली कुवेतसंग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल कुवेतसंग १-० गोल अन्तरले पराजित भएको हो ।
काठमाडौं । नेपाल दोस्रो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा घरेलु टोली कुवेतसंग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल कुवेतसंग १-० गोल अन्तरले पराजित भएको हो ।
खेलको २९ औं मिनेटमा नेपालकाृ सुजल श्रेष्ठले विपक्षी खेलाडीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई कुवेतका युसुफ नासिरले गोलमा परिणत गरे ।
अल शबब स्टेडियममा भएको खेलमा कुवेतलाई बराबरीमा रोक्ने योजनासहित मैदान उत्रिएको थियो । तर पहिलो खेलमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा लय समात्न नसक्दा हार व्यहोर्न पुग्यो ।
कुवेत भ्रमणमा नेपाली टोलीका मुख्य ६ युवा खेलाडी भने थिएनन । विमल घर्ति मगर, अन्जन बिष्ट, अनन्त तामाङ, सुनिल बल लगायतका टोलीका नियमित सदस्य एएफसी यू २३ छनोटका लागि कतारमा रहेका छन् ।