काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत करअधिकृत मानप्रसाद विकविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेका छ । अख्तियारका अनुसार अधिकृत विकले पदीय दुरुपयोग गरी गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले शुक्रबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

अख्तियारले निज अधिकृत विकले अस्वाभाविक उच्च जीवन यापन गरिरहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनले आफू तथा श्रीमती आइतमाली विक समेतका नाममा खरिद एवं लगानी गरेको चल–अचल सम्पत्तिमा आयस्रोतभन्दा करीव २ करोड सम्पतिको स्रोत नखुलेपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार संकलित तथ्य प्रमाण अध्ययन गर्दा निज विकले २०६८ सालको असोज २२ गतेदेखि नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्ति प्राप्त गरेका थिए भने सो नियुक्ति पूर्व उनी २०६६ साल चैत १० गतेदेखि २०६८ साल असोज २१ गतेसम्म राहत कोटामा श्रीकृष्ण मा.वि. रोल्पामा शिक्षकको रुपमा समेत कार्यरत रहेको अनुसन्धानमा खुलेको छ ।
सो अवधिमा अर्थात् २०६६ साल चैत १० गतेदेखि २०७५ साल मंसिर मसान्तसम्म एक करोड २८ लाख ६६ हजार ९ सय ४५ रुपैयाँ उनको स्वभाविक आय आर्जन हुनुपर्नेमा यसअवधिमा उनले जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, व्यवसायमा लगानी, शैक्षिक खर्च, कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात लगायतमा ३ करोड १० लाख ३४ हजार ७ सय २४ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ । अख्तियारले सो अवधिमा निज अधिकृत विकको वैध आयको तुलनामा एक करोड ८२ लाख ६७ हजार ७ सय ७९ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि गरेको छ ।
अख्तियारले सोही स्रोत नखुलेको सम्पत्ति एक करोड ८२ लाख ६७ हजार ७ सय ७९ रुपैयाँ निजले राष्ट्रसेवक भएपश्चात गैर कानूनी रुपमा आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै उनी उपर कसुर बरारको विगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजायको साथै निजले स्रोत पुष्टि गर्न नसकेको गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग दावीसहित मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।