काठमाण्डौ । राप्रपा सम्बद्ध संगठन प्रवासी एकता समाज बोस्टनले राष्ट्रवादी पार्टीहरु एकीकृत हुन सुझाव दिएको छ । अमेरिका पुगेका राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीलाई एकता समाजका अध्यक्ष राजेन्द्र शेरचनको नेतृत्वमा संस्मरण पत्र बुझाउदै यस्तो सुझाव दिएको हो । विदेशमा बसेपनि आफूहरुले देशको वर्तमान अवस्थालाई नियाली रहेको बताउदै समाजले संस्मरण पत्रमा हाल नेपालमा गणतन्त्र नभई मनपरितन्त्र र तानाशाही तन्त्र चलेको उल्लेख गरेको छ ।
काठमाण्डौ । राप्रपा सम्बद्ध संगठन प्रवासी एकता समाज बोस्टनले राष्ट्रवादी पार्टीहरु एकीकृत हुन सुझाव दिएको छ । अमेरिका पुगेका राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीलाई एकता समाजका अध्यक्ष राजेन्द्र शेरचनको नेतृत्वमा संस्मरण पत्र बुझाउदै यस्तो सुझाव दिएको हो ।
विदेशमा बसेपनि आफूहरुले देशको वर्तमान अवस्थालाई नियाली रहेको बताउदै समाजले संस्मरण पत्रमा हाल नेपालमा गणतन्त्र नभई मनपरितन्त्र र तानाशाही तन्त्र चलेको उल्लेख गरेको छ । संस्मरण पत्रमा भनिएको छ,‘नेपालमा भएको सबै खाले आर्थिक, सामाजिक तथा रजनैतिक रुपान्तरणको लेखाजोखाको सन्दर्भमा पनि जानकार नै छौ र आज देशले भोगि रहेको पीडा बाट अनविज्ञ र टाढा छैनौ । जनतालाई भ्रम छरेर उदाएका कम्युनिस्ट हरु आज सत्तामा पुग्दा आफै असफल भैरहेका छन । आज नेपालमा गणतन्त्र होइन मनपरितन्त्र र तानाशाही तन्त्र चलेको छ । चरम भ्रष्टतन्त्र र थेग्नै नसक्ने करतन्त्रले जनताको ढाड भांचेको अवस्था छ । त्यती मात्र होइन अरिङ्गाल तन्त्रले राज्य आतंक ब्याप्त छ । यस्तो घिनलाग्दो र अमानवीय शासन व्यवस्था संसारमा काहीँ कतै छैन ।’
इतिहासमा कोशे ढुंगा बनेको राष्ट्रवादीहरु वर्तमानमा भने भएको विपना समेत बिगारेर विखण्डित हुँदै विलयन यात्रामा अघि बढ्न पुगेको बताउदै समाजले यो अत्यन्तै गम्भीर विषय भएको उल्लेख गरेको छ । पटक पटक फुट्नु र जुट्नुले नै राष्ट्रवादीहरु कमजोर बन्दै अहिलेको अवस्थामा आएको समाजको ठहर छ ।
पत्रमा भनिएको छ,‘ हिजो चौथो शक्ति थियौं अनि इतिहासको कोशे ढुंगा बन्दै कहाँबाट कहाँ पुग्ने सपना थियो तर भएको विपना समेत बिगारेर विशाल सिमा भित्रका हामी चोइटिएर विखण्डित हुँदै विलयन यात्रामा किन समर्पित भयौं ? इतिहासको सिर्जन भूमि थियो हाम्रो आस्थाको पार्टी तर आडम्बरले किन बांझो जस्तै बनायौं ? जसका कारण आज हामी कहाँ छौ ? यो अत्यन्तै गम्भीर बिषय हो अध्यक्ष ज्यु ? नत्र आज हाम्रो यो हालत अबस्य हुन्नथ्यो । पटक पटक फुट्नु र जुट्नु नै मूल जड हो भन्ने हामी प्रवासमा रहने सबै राष्ट्रवादी संगठनको ठहर छ । किनकि गौरवशाली अतितको उज्यालो बाटो विखण्डन र विभाजनको पिरो रागले कल्पबृक्ष समान हाम्रो विचार अल्पायुमा नै सुक्ने घाँस जस्तै भयो त्यसको मूल कारण पटक-पटक फुट्नु र जुट्नु नै हो ।’
एकता समाजले प्रवासमा रहेता पनि सदैव आफूहरुले राष्ट्र र राष्ट्रियताको हितमा आफ्नो आवाज कुनै न कुनै रूपमा बुलन्द गरि विभिन्न माध्यमहरु मार्फत उठाइ रहेको पनि बताएको छ । ‘भाई फुटे गवार लुटे’ भन्ने भनाइलाई मध्येनजर गर्दै यो आवस्था मा सम्पूर्ण राष्ट्रवादीको रुपमा चिनिने शक्तिहरु एकाकार गोलबन्द हुनुको विकल्प नरहेको बताएको छ । समाजले असत्य माथि सत्यको अनि असुर माथि सुरको विजय भनेको राष्ट्रवादी शक्ति विचको एकता नै हो भन्दै बडादशैंको पावन अवसरमा दुर्गा भवानीले विभाजित नेताहरूलाई एकाकार गोलबन्द हुन प्रेरणा दिउन भन्ने कामनासहित सम्पूर्ण राष्ट्रवादीहरुमा शुभकामना समेत व्यक्त गरेको छ ।