आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुमा फरक फरक विषयबस्तुले स्थान पाएका छन् । कान्तिपुरले राजधानीबाटै ४५ बालबालिकाको उद्धार गरेको खबर मुख्य बनाएको छ भने अन्नपूर्णले अमेरिकी राजदुतको सक्रियताबारे कलम चलाएको छ । नागरिक दैनिकले काम नगर्ने मन्त्री फेर्ने प्रधानमन्त्रीको चेतापनीलाई मुख्य खबर बनाएको छ ।

अमेरिकी राजदूत र्यान्डी बेरीको सक्रियताबारे अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा बनेसँगै बेरी राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् । उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन् ।
कान्तिपुरले ‘रातको अर्कै काठमाडौं’ शीर्षकमा काठमाडौंका सडक बालबालिकाबारे समाचार बनाएको छ । रिपोर्टअनुसार राजधानीमा करिब ३ सयको हाराहारीमा सडक बालबालिका छन् र यीमध्ये झन्डै आधा संख्या बालिकाको छ ।
नागरिक दैनिकले राष्ट्रिय गौरवका आयोजनामा आलटाल काम नगर्ने मन्त्री फेर्ने प्रधानमन्त्रीको चेतावनी शिर्षकमा समाचार लेखेको छ भने दशैंमा घर फर्कनेको लर्को लागेको तर सिमानाकामा सास्ती खेप्नु परेको समाचार पनि आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।
नेपाल समाचार पत्रले बढी शुल्क लिने कलेज संचालकले मन्त्री नै हटाउने धम्की दिएको समाचार पनि पहिलो पृष्ठमा प्राथमिकताको साथ छापिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएको समाचारमा उल्लेख छ ।