आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमणमा आउनुअगावै नेकपामा सुरु भएको सी विचारधाराको बहसबारे चर्चा गरिएको छ । टिकट पाउन सकस र दशैंमा सडक टालटुल गरेको खबर पनि पत्रिकाहरुले प्राथमिकताको साथ छापेका छन् ।
काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमणमा आउनुअगावै नेकपामा सुरु भएको सी विचारधाराको बहसबारे चर्चा गरिएको छ ।
अन्नपूर्णले उपत्यका बाहिर जानको लागि अग्रिम टिकट बुकिङको समस्याबारे लेखेको छ । रातभर लाइनमा बस्दा पनि टिकट नपाएको अन्नपूर्णले लेखेको छ । उपत्यकाबाट दशैंमा घर जानेहरूले टिकट लिन पाएको साथै चीनमा पढ्दै नेकपाका ‘मेयरहरु’ शिर्षकमा अन्नपूर्णले खबर छापेको छ, नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् ।
कारोबारले ‘प्रधानमन्त्रीले बाँडे २६ करोड’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छनख् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् । पैतृक सम्पति करले सामाजिक चुनौती थपिएको खबर पनि कारोबारले लेखेको छ ।
नागरिकले दशैं आयो, टालटुल सुरु शिर्षकमा लेखेको छ, नजिकिएसँगै देशकै प्रमुख लाइफलाइन पृथ्वीराजमार्गको टालटुल सुरु भएको छ । त्यस्तै स्वास्थ्य विमा योजना अलपत्र परेको खबर पनि नागरिकले पहिलो पृष्ठमा छापेको छ । समाचार अनुुसार, अर्बौ रुपैयाँ बर्षेनी फ्रिज भइरहेको छ ।
नेपाल समाचार पत्रले राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता स् १६ सय सिसी क्यामेरा जडान शिर्षकमा समाचार तयार पारेको छ । खबर छ, नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ। एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ।
आजको कान्तिपुरले सी नआउँदै सी विचारधारा शिर्षकमा मुख्य समाचार बनाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउनु अघि नै उनको विचारधारा आइसकेको लेखेको छ । नेकपामा सी विचारधारालाई लिएर भइरहेको अन्तरक्रियालाई सुरु भएको कान्तिपुरले लेखेको छ । प्रहरी कागजात अख्तियारको नियन्त्रणमा शिर्षकमा अर्को समाचार पनि कान्तिपुरले मुख्य बनाएर पहिलो पृष्ठमा सम्प्रेषण गरेको छ ।