मुम्बइ । बलिउडका चर्चित अभिनेता सलमान खानले चलचित्र वान्टेड वा किकको सिक्वेल बनाउने तयारी गरेका छन् । बलिउड हंगामाका अनुसार आगमी बर्षको इदमा रिलिज हुने गरि चलचित्रको तयारी शुरु भएको छ ।
मुम्बइ । बलिउडका चर्चित अभिनेता सलमान खानले चलचित्र वान्टेड वा किकको सिक्वेल बनाउने तयारी गरेका छन् ।
बलिउड हंगामाका अनुसार आगमी बर्षको इदमा रिलिज हुने गरि चलचित्रको तयारी शुरु भएको छ ।
सलमान संजय लिला भन्सालीको इन्शाअल्लाहमा नदेखिने भएपछि उनले चलचित्र वान्टेडको सिक्वेल बनाउन लागेका हुन् ।
पछिल्लो रिपोर्ट अनुसार आफ्नो २००९ को चर्चित चलचित्र वान्टेडको सिक्वेल बनाउन सलमान लागिसकेका छन् । वान्टेड चलचित्रबाट सलमानको बलिउडमा नयाँ स्टारडम शुरु भएको थियो । अहिले वान्टेडकै सिक्वेललाई अलग्गै नाममा बनाउने तयारी भएको बताइएको छ ।
यस चलचित्रलाई सलमान खान आफैले निर्माण गर्ने छन् भने प्रभुदेवाले यसको निर्देशन गर्ने बताइएको छ । वान्टेड पनि प्रभुदेवाले नै निर्देशन गरेका थिए ।
सलमान अहिले आफ्नो चर्चित फिल्म दबंग ३ को अन्तिम तयारीमा जुटेका छन् ।
दबंग ३ मा सलमानसहित सोनाक्षी सिन्हा, मख्खी फेम अभिनेता सुदीप, अरबाज खान, माही गील लगायतका कलाकारको अभिनय रहेको छ ।