काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बहुविवाहका फरार अभियुक्त नायिका शिल्पा फरार सूचीमा राखिएको २४ दिनपछि उनी आफूलाई पक्राउ नगर्न उत्प्रेषण परमादेश माग गर्दै निवेदनसहित सर्वोच्च अदालत पुगेकी थिइन् ।
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बहुविवाहका फरार अभियुक्त नायिका शिल्पा फरार सूचीमा राखिएको २४ दिनपछि उनी आफूलाई पक्राउ नगर्न उत्प्रेषण परमादेश माग गर्दै निवेदनसहित सर्वोच्च अदालत पुगेकी थिइन् ।
उनले साउन २९ गते कानून व्यवसायीमार्फत निवेदन दर्ता गराएकी थिइन् । निवेदनमा उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, टेकु प्रहरीलगायतलाई विपक्षी बनाइएको छ ।
निवेदनमाथिको बहसपछि सुनुवाई गर्दै उच्च अदालत पाटनले साउन २४ गते काठमाडौं जिल्ला अदालतको आदेशलाई नै निरन्तरता दिन आदेश दिएको थियो ।
काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।