काठमाण्डौ । एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन माल्दिभ्स र बंगलादेशको राष्ट्रिय टोली शुक्रबार नेपाल आइ पुगेको छ । माल्दिभ्सको टोली शुक्रबार बिहान तथा बंगलादेशी टोली १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो ।

सात राष्ट्रले खेल्ने प्रतियोगितामा अफगानिस्तानको टोली यसअघिनै नेपाल आईसकेको छ । अब कीर्गिस्तान र तुर्कीमिनिस्तान शुक्रबारै राति काठमाडौं आउनेछन् भने उज्वेकिस्तानको टोली आईतबार मात्र नेपाल आईपुग्नेछ ।
अफगानिस्तान टिमले नेपालको राष्ट्रिय भलिबल टिमसंग दुई मैत्रीपुर्ण म्याच समेत खेलेको थियो । दुवै खेलमा नेपाली टिम विजयी बनेको थियो ।
भदौ २ देखि चल्ने प्रतियोगिताका खेलहरु लगनखेलमा रहेको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरि ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।