काठमाण्डौ । च्याम्पियन्स लिग विजेता समेत रहेको लिभरपुलले युरोपेली सुपर कप फुटबलको उपाधि जितेको छ । लिभरपुलले चेल्सीलाई टाईब्रेकरमा ५-४ गोलले हराउँदै उपाधि जितेको हो । बुधबार राति भएको निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
काठमाण्डौ । च्याम्पियन्स लिग विजेता समेत रहेको लिभरपुलले युरोपेली सुपर कप फुटबलको उपाधि जितेको छ । लिभरपुलले चेल्सीलाई टाईब्रेकरमा ५-४ गोलले हराउँदै उपाधि जितेको हो । बुधबार राति भएको निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि २-२ गोलको बराबरीमा सकिएपछि खेलको नजिता टाईब्रेकरबाट निकालिएको थियो ।
खेलमा सुरुवाती अग्रता चेल्सीले लिएको थियो । ३६औं मिनेटमा ओलिभर गिरोडले क्रिस्टियन पुलिसिकको पासमा चेल्सीका लागि गोल गरेका थिए तर ४८औं मिनेटमा लिभरपुलका साडियो मानेले बराबरी गोल गरे । निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन । अनिरिक्त समयको खेलमा मानेले नै गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर त्यसको ६ मिनेटपछि चेल्सीका जोर्जिन्होले पेनाल्टीमार्फत बराबरी गोल गरे । निर्धारित र थप गरिएको समयसम्म दुबै टिमले २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गयो ।
टाईब्रेकरमा लिभरपुलका सबै प्रहार सफल बनेको थियो । चेल्सी चारवटा प्रहारमा मात्र सफल बन्यो । पेनाल्टीमा चेल्सीका ट्यामी अब्राहम चुकेका थिए । अब्राहमको प्रहारलाई गोलरक्षक एड्रीएनले विफल पारेपछि लिभरपुल च्याम्पियन बनेको थियो । लिभरपुलको यो चौथो सुपर कप उपाधि हो ।