सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । बुधबार दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा मुख्यमन्त्री शाहीले सम्वोधन गरिरहेको समयमा कार्यक्रम स्थलनजिकै बम विस्फोट भएको हो ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिएका छन् । तर विस्फोटबाट मानवीय क्षति भने भएको छैन । सिंहले साता दिन लामो जिल्ला भ्रमणमा रहनुभएका मुख्यमन्त्री शाही सहितको टोलीलाई त्रास श्रृजना गर्ने उद्धेश्यले अराजक समूहले वम विष्फोट गराएको सिंहले बताए ।
त्रास श्रृजना गर्ने उद्धेश्यले बम विष्फोट भएपनि मुख्यमन्त्री सरिक हुने पूर्वनिर्धारित सबै कार्यक्रमहरु सहज रुपमा संचालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए । विस्फोट विप्लव समूहले गराएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विष्फोटको घटना भएको थियो ।