काठमाडौं । अख्तियार दुरुपयोग अनुन्धान आयोगले सव डिभिजन वन कार्यालय तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले उनीसँगै लेखापढी व्यवसायी पुष्प जोशीलाई पनि पक्राउ गरेको छ ।

अख्तियारका अनुसार वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिन्छु भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा सव डिभिजन वन कार्यालय परिसरबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो ।
सेवाग्राहीसँगै घुसवापतको रकम माग गरिरहेको सूचनाका आधारमा अख्तियारको कार्यालय कञ्चनपुरबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको अख्तियारका उप–सचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जनाए ।