मुम्बइ । गएको केही हप्ता अगाडि फोर्ब्स म्यागजीनले दुनियाँको हाईएस्ट पेड सेलिब्रेटीको रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा अक्षय कुमारको नाम ४४४ करोड रुपैयाँसहित ३३औं नम्बरमा थियो । उनले रिहाना, ज्याकी च्यान, ब्रेडली कूपर, स्कारलेट जोनसनजस्ता कलाकारभन्दा समेत उछिनेका थिए । वर्क फ्रन्टको कुरा गर्ने हो भने अगस्ट १५ मा उनी अभिनीत फिल्म ’मिशन मंगल’ प्रदर्शन हुँदैछ ।
मुम्बइ । फिल्म इन्डस्ट्रीमा अहिले अक्षय कुमार ’मोस्ट सक्सेसफुल एक्टर्स’ को लिस्टमा अग्रणी स्थानमा छन् । उनको वर्षमा दुईभन्दा बढी फिल्म रिलिज गरेका छन् र सबैले बक्सअफिसमा जबरजस्त व्यापार गर्दै आएका छन् । ब्याक टू ब्याक ब्लकबस्टर फिल्म दिएका उनी बलिउडका सबैभन्दा महँगा अभिनेता समेत हुन् । पछिल्लो फिल्मको सफलतापछि उनले पारिश्रमिक बढाएको चर्चा छ ।
भेट्रान निर्देशक सञ्जय लीला भन्सालीले ’राउडी राठौर’ को निर्माण गरेका थिए । भने, प्रभुदेवाले निर्देशन गरेका थिए । गएको वर्ष अक्षय कुमारले पद्मावतका लागि आफ्नो फिल्म प्याडम्यानको रिलिज डेट सिफ्ट गर्दै भनेका थिए, ’भन्सालीले मसँग सिक्वेल बनाउने बाचा गरेका छन् ।’ चाँडै ’राउडी राठौर’ को सिक्वेल बन्दैछ र यसका लागि अब मेकर्सले अक्षयलाई डबल पारिश्रमिक तिर्नु पर्ने हुन्छ ।
डेक्कन क्रनिकलले आफ्नो एक रिपोर्टमा भनेको छ, ’अक्षय कुमार एक फिल्मका लागि ५४ करोड पारिश्रमिक चार्ज गरिरहेका छन् । उनी नम्बर ९ लाई निकै मन पराउँछन् । सन् २०१२ मा फिल्म ’राउडी राठौर’ का लागि उनले मेकर्ससँग २७ करोड पारिश्रमिक मागेका थिए । अब उनले एक फिल्मका लागि ५४ करोड पारिश्रमिक मागेका छन् र उनले पाएका पनि छन् ।’
गएको केही हप्ता अगाडि फोर्ब्स म्यागजीनले दुनियाँको हाईएस्ट पेड सेलिब्रेटीको रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा अक्षय कुमारको नाम ४४४ करोड रुपैयाँसहित ३३औं नम्बरमा थियो । उनले रिहाना, ज्याकी च्यान, ब्रेडली कूपर, स्कारलेट जोनसनजस्ता कलाकारभन्दा समेत उछिनेका थिए । वर्क फ्रन्टको कुरा गर्ने हो भने अगस्ट १५ मा उनी अभिनीत फिल्म ’मिशन मंगल’ प्रदर्शन हुँदैछ ।