क्यानडा पढ्न आउने विद्यार्थीहरूका लागी नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ।
क्यानडा पढ्न आउने विद्यार्थीहरूका लागी नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। विद्यार्थीहरूको सचेतनाका लागि जानकारीपत्र सार्वजनिक गर्दै क्यानडाका लागी नेपाली दूतावासले यस्तो अपिल गरेको हो।
‘अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनु जानकारीपत्रमा दुतावासले भनेको छ, क्यानाडा पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्न पनि दुतावासले अभिभावकहरु लाई सुझाएको छ ।
यहाँ आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा नेपालीहरु रहेको र त्यसले मानसिक समस्या पैदा गरेको दूतावासले जनाएको छ।
कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्न र त्यस्ता समस्या आउनै नदिने उपाय अपनाउन दूतावासले भनेको छ।
यस्तै विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेज र विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि अपनाउनु पर्ने भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा राम्रो अध्ययन गर्नुपर्ने पनि दूतावासको अपिल पत्रमामा उल्लेख गरेको छ।
डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्दछ। सामाजिक संजालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ भन्ने कुराको हेक्का राख्न समेत दूतावासले सचेत गराएको पत्रमा उल्लेख गरेको छ।