सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ ।
काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन मात्र बनाउन सक्यो । सुखद् सुरुवात गरेको नेपालका पछिल्ला ब्याट्म्यान भने जम्न सकेनन् । नेपालले अन्तिम तीन बलमा तीन विकेट गुमाएको थियो ।
नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए ।
यस्तै कप्तान पारस खड्काले २८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए । सोमपाल कामी ११ र शरद भेषवाकरले ९ रन जोडे ।
कतारले ब्याटिङ गर्दै छ ।