पाल्पामा तीज कार्यक्रममा स्थानीय युवाहरु बीच झडप हुदाँ एकजना युवकको हत्या भएको छ।
काठमाण्डौं । पाल्पामा तीज कार्यक्रममा स्थानीय युवाहरु बीच झडप हुदाँ एकजना युवकको हत्या भएको छ।
तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।स्थानीय युवाबीच विवाद बढ्दै जाँदा हिजो राति साढे १२ः३० बजेको समयमा युवकमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।
तिजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरुबीच विवाद भएको थियो। त्यही विषयलाई लिएर भएको झगडाले उग्ररुप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिए। हत्याको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।