सोमबार सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन्।
काठमाडौँ । सोमबार सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन्।
भेटमा द्विपक्षीयहित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको छ। नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापनाभएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे।उनले धेरै नेपाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तब्यको रुपमा अष्टे«लिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिईने छात्रबृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थी लाभान्वित हुन सक्छन् बताए ।
विद्यार्थीसँगै विभिन्न पेशा र व्यबसायमा संलग्न ठूलो संख्यामा नेपालीहरु अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्षतिमिल्सिनाले अष्ट्रलिया र नेपालका बिचमा सिधाहवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुबै देशले लाभलिन सक्ने कुरामा जोड दिए।आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुशी व्यक्त गरे ।
राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपालीभाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराए।
राजदूतभोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएका थिए।