उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताएका छन् ।
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताएका छन् ।
गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएको हो । ‘नेपाल आजसम्म स्वतन्त्र देश हो । यसमा हाम्रो पुर्खाहरूको महत्त्वपूर्ण भूमिका छ ,’ उनले भने । देशमा विकासको अथाह सम्भावना भए पनि भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गएको उनको भनाइ छ ।सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले चालिरहेको गृहमन्त्री श्रेष्ठले बताए । ‘मिटर ब्याज सम्बन्धी कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण सबैलाई कारबाही अगाडि बढेको छ,’ उनले भने । गृहमन्त्री श्रेष्ठले गोरखाको विकासका लागि साझेदारी गर्न समेत आग्रह गरे ।