नेपाली बजारमा आज सुनको मूल्य २०० सयले बढेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २०० सयले बढेको छ ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ ।
आइतबार एक लाख १२ जहार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।