सोमबार राति हृदयघातबाट निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको दुबै छोराहरू नेपाल आईपुगेका छन् ।
काठमाण्डौं । सोमबार राति हृदयघातबाट निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको दुबै छोराहरू नेपाल आईपुगेका छन् ।
विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएका छन । नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए।
उनको पार्थिव शरीर पार्टी कार्यलाय च्यासलबाट बालुवाटारस्थित निवासमा लगिएको छ ।