आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक किलो अवैध सुन बरामद गरेको छ।
काठमाडौँ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक किलो अवैध सुन बरामद गरेको छ।
विमानस्थलबाट भित्रिएको अवैध ६० किलो सुन प्रकरणको अनुसन्धान नसकिँदै पुनः एक किलो सुन बरामद भएको हो। विदेशबाट विमानमार्फत् आएको सुन जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले बरामद गरेको प्रहरी स्रोतले बताएको छ। सुन कहाँबाट कसरी आएको हो र यकिन कति मात्रा कति हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत साउन २ गते विमानस्थलबाट ६० किलो सुन बरामद गरिएको थियो ।