अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीका लागि निवेदन दार्ता भएको छ।
काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीका लागि निवेदन दार्ता भएको छ।
उनीहरुले विधानविपरीत भएको साधारणसभा रोक्ने मागको बेवास्ता गरेको र साधारण सभाबाट बजेट पास नगरी अनाधिकृत शैलीमा अनावश्यक आर्थिक कारोबार गरेको भन्दै उनीहरुको बर्खास्ती माग गरिएको हो ।
एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङविरुद्ध निदेवदन दर्ता गराएका हुन्। निवेदनमा १९ कारण उल्लेख गर्दै अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गरिएको छ।
यससँगै सोमबार हुने भनिएको विशेष साधरण सभा स्थगित भएको एन्फाले जनाएको छ।