आज नेपाली समयअनुसार अपराह्न सवा चार बजे नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
काठमाडौं । आज नेपाली समयअनुसार अपराह्न सवा चार बजे नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
खेल म्यानमारको यांगुनस्थित मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो ।फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।राष्ट्रिय टिमका अधिकांक खेलाडीहरु विदेश पलायन भएपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले नयाँ र युवा खेलाडीलाई समेट्दै म्यानमार गएका थिए ।