पछिल्लो समय विवादमा परेको फिल्म एक भगवत गीताको विवाद टुंगिएको छ ।
काठमाण्डौं । पछिल्लो समय विवादमा परेको फिल्म एक भगवत गीताको विवाद टुंगिएको छ ।
धार्मिक आस्थामाथि खेलावड गरिएको भन्दै फिल्मलाई प्रदर्शनको अनुमति नदिन भन्दै चलचित्र विकास बोर्डमा विभिन्न हिन्दू धार्मिक संघसंगठनले उजुरी दिएपछि विवाद निम्तिएको थियो । चलचित्र विकास बोर्डको मध्यस्थतामा विवाद टुंगिएको हो ।
यही फिल्मकै विषयलाई लिएर गए राति एक निर्माता झरना थापाले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पीडाबोध भएको बताएकी थिइन् । आज सहमतिपत्रमा निर्माता सुनिलकुमार थापा र विभिन्न धार्मिक संघसंगठनले हस्ताक्षर गरेका छन् । ब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ । बोर्डको मध्यस्थतामा विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा जाने भएको छ ।
फिल्म आगामी भदौ २९ मा प्रदर्शन गर्ने तयारीमा रहेको थियो । विवादपछि यो फिल्म कहिले प्रर्दशनमा आउने टुुंगो लागेको छैन ।