एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ ।
काठमाण्डौं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलङ्काको कोलम्बोमा हुने छ । समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको छ। भारतको भने यो सुपर फोरको पहिलो खेल हो। सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन। सुपर फोर मा बङ्गलादेशले दुई वटा खेल खेलिसक्यो। उसले दुवै खेलमा पराजित भोगेको छ।