कुनै बेला फिल्म क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापाले यो नयाँ वर्षमा दर्शक माझ उपहार लिएर आउने भएको छ ।
काठमाडौं । कुनै बेला फिल्म क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापाले यो नयाँ वर्षमा दर्शक माझ उपहार लिएर आउने भएको छ ।
उनी यतिबेला चलचित्र ‘उपहार’को छायांकनमा व्यस्त छिन् । उनले यो चलचित्र आगामी २०८१ को नयाँ वर्षमा रिलिज हुने बताइकी छिन । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको अभिनय छ । अभिनेत्री रेखा र पूजा पहिलोपटक पर्दामा सँगै देखिने भएका छन् । ‘उपहार’लाई आगामी नयाँ वर्षमा रिलिज गरिने यस चलचित्रका वितरक करण श्रेष्ठले बताए ।