पछिल्लो समय नेपालमा डेंगी संक्रमणको संख्या बढेको छ ।
काठमाडौं । पछिल्लो समय नेपालमा डेंगी संक्रमणको संख्या बढेको छ ।
पछिल्लो तीन महिनामा १४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ हजार नाघेको छ ।
जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार १२७ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकमा उल्लेख छ ।
अगस्टमा मात्रै १५ हजार २८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा १७ हजार ५३० जना छन् । त्यस्तै, वाग्मतीमा तीन हजार २७७, मधेसमा ५१९, गण्डकीमा ६८३, लुम्बिनीमा ३९०, कर्णालीमा ४८ र सुदूरपश्चिममा ६८० जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा ७९९ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।